सत्य, निष्पक्ष र विश्वसनीय

सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

न्युज डेस्क
२०८३ असार २०, शनिबार १७:१०

काठमाडौँ , २० असार
जिल्ला मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

शनिवार करिब ११:५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको सिटी अटो दुर्घटना भएको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले चारै जना घाइतेलाई उद्धार गरी एपेक्स अस्पताल, लेटाङ पठाएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका जिल्ला मोरङ, लेटाङ नगरपालिका–६ बस्ने ६० वर्षीय मुनराज लावतीलाई थप उपचारका लागि नोबेल अस्पताल, विराटनगर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

घाइतेहरू सिटी चालक जिल्ला मोरङ, लेटाङ नगरपालिका–६ बस्ने अन्दाजी ४० वर्षीय वीरबहादुर राई, जिल्ला मोरङ, लेटाङ नगरपालिका–६ बस्ने अन्दाजी २७ वर्षीया शान्ति राई र जिल्ला मोरङ, लेटाङ नगरपालिका–५ बस्ने अन्दाजी ५० वर्षीया अनु राई एपेक्स अस्पताल, लेटाङमा उपचाररत भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?