पहिलो पटक रोजगार मेला २०८३ वीरगञ्जमा भव्य रूप सम्पन्न
वीरगञ्ज, २१ असार
रोजगार मेला–२०८२ : वीरगञ्जमा आइतबार भव्य रूप वीरगञ्ज, असार २१। नेपाल उद्योग वाणिज्य महासंघ र वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आइतबार वीरगञ्जको विश्व होटलमा एक दिने रोजगार मेला–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। युवाहरूलाई उद्यमशीलता र रोजगारमा प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक यो रोजगार मेला आयोजना गरिएको बीरगंज उद्योगवाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले बताएका छन्।बेरोजगार युवालाई रोजगारीका अवसरसँग जोड्ने तथा उद्योग–व्यवसायलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने उद्देश्यले मेला सञ्चालन गर्न लागिएको हो। मा सम्पन्न प्रदेश सरकारले उद्यमी बन्न चाहने युवाहरूलाई सहुलियत उपलब्ध गर्ने पर्यटन मन्त्री पटेलको भनाइ ।
कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिया पटेलको प्रमुख अतिथियमा सम्पन्न उक्त रोजगार मेलाको उद्घाटन गर्दै प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेट मार्फत युवाहरूलाई उद्यमशीलता बनाउन प्रदेश सरकारले भारी मात्रामा बजेट विनियोजन गरेको बताउँदै अब रोजगारी खोज्ने होइन आफूले रोजगार दिने जस्ता योजनाहरू ल्याउनुपर्ने र त्यस्ता रोजगार बन्न चाहने युवाहरूलाई प्रोत्साहन स्वरूप बजेट सहुलियत रुपमा उपलब्ध गराउने पर्यटन मन्त्री पटेलको उद्घोष रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष बिलसुन्दर श्रेष्ठ मधेश प्रदेश उद्योग विभागका निमित्त महानिर्देशक रिमा साह, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष मनोजकुमार दास, रोजगार मेला संयोजक तथा संघका सह–सचिव अनुप अग्रवाल, महासंघका सह–निर्देशक हरि पौडेल, वीरगञ्ज च्याप्टरका अध्यक्ष अनिल जयसवाल तथा नेपाल युवा मञ्च, वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंह लगायतले बीरगञ्जमा पहिलोपटक युवाहरूलाई रोजगार मेलाको अवसर जुटाउने र उक्त मेलाबाट उद्योगीहरूले पनि चाहेका युवाहरुलाई रोजगारीमा प्रत्यक्ष अवसर जुट्ने भएकोले यो स्वयं उपस्थित हुनुले उद्योगी र युवाहरूको बीचको सहकार्यले उद्योग व्यवसायीमा राम्रो उपलब्धि हुने अपेक्षा गरिएको बताएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




