सत्य, निष्पक्ष र विश्वसनीय

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

न्युज डेस्क
२०८३ असार ८, सोमबार २०:२५

काठमाडौं , ८ असार पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरबाट जारी पक्राउ पुर्जीका आधारमा उनलाई सोमबार साँझ नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार विभागको आधिकारिक इमेलमार्फत प्राप्त निर्देशनअनुसार खोजतलास गर्दा उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट फेला पारिएको थियो।

साँझ करिब ५:१५ बजे नियन्त्रणमा लिएपछि उनलाई पक्राउ पुर्जी बुझाई आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको र त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा २१ अन्तर्गत अनुसन्धान अघि बढाइएको उल्लेख छ। प्रहरीका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक श्यामप्रसाद यादवको जिम्मा लगाएर नेपालगञ्ज पठाइएको हो।

उनलाई प्रारम्भमा रात्रिबसमार्फत ल्याउने तयारी भए पनि पछि श्री एयरलाइन्समार्फत काठमाडौं ल्याइने तयारी गरिएको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?