ग्रीन सिटी सामुदायिकद्वारा वृक्षारोपण कार्यक्रम
वीरगंज, २१ जेठ । ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरले वीरगंजले बृहत वृक्षारोपण कार्यक्रम गरेको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय पर्साको परिसर तथा जिल्ला प्रहरी कार्यालय पर्साको खेलमैदान क्षेत्रमा करिब १०० वटा विभिन्न प्रजातिका बिरूवा रोपिएको छ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एसएसपी शान्तिराज कोइराला, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्की, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटुवाल, इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं, लायन्स क्लबकी पिया सिंह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सहभागीता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दाहालले वातावरण संरक्षणका लागि वृक्षारोपण अपरिहार्य रहेको बताए। उनले हरित, स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सबै नागरिकको साझा दायित्व रहने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष जयप्रकाश खेतानले वातावरणीय सन्तुलन कायम राख्न तथा भावी पुस्ताका लागि हरियाली संरक्षण गर्न वृक्षारोपण अत्यन्त आवश्यक रहेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?



