सत्य, निष्पक्ष र विश्वसनीय

पर्साको छिपहरमाईबाट ३७० किलो गाँजा बरामद

न्युज डेस्क
२०८३ असार ४, बिहीबार २१:४०

वीरगंज, ४ असार

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छिपहरमाई गाउँपालिकाबाट ३७० किलोग्राम गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले २०८३ साल असार ३ गते राति ९:१० बजे छिपहरमाई गाउँपालिका–१, मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डोमा झाडीभित्र लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको थियो।

प्रहरीले २५ वटा प्लास्टिकका पोकामा प्याक गरिएको कुल ३७० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्र

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?