सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा ७ लाख रुपैयाँ बराबरको भन्सार छलीको कपडा बरामद

न्युज डेस्क
२०८३ असार १४, आईतवार १२:२०

वीरगञ्ज, १४ असार
पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित इनरुवा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले भन्सार छली गरी लुकाइ–छिपाइ राखिएको करिब ७ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा भित्र्याएर सिर्सिया नदी किनारको झाडीमा लुकाइ राखिएको विभिन्न प्रकारका कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद कपडाको अनुमानित मूल्य करिब ७ लाख रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइने जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–तस्करी तथा भन्सार छली नियन्त्रणका लागि नियमित रूपमा गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?