दीपककुमार साहले लिए उद्योगमन्त्रीको शपथ
२०८३ भाद्र २५, बिहीबार २०:१२
काठमाडौँ, २५ भदौ
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगमन्त्रीमा नियुक्त गरेपछि साहले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
यसअघि आजै गौरीकुमारी यादवले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। यादवको राजीनामापछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी साहलाई दिइएको हो।
नवनियुक्त मन्त्री साह सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





