सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्ज–२३ प्रसौनी बिर्ता छठ घाटबाट बाँस र टाली चोरी, दोषीमाथि कारबाहीको माग

न्युज डेस्क
२०८३ असार २८, आईतवार २०:४८

वीरगञ्ज, २८ असार
वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका करिब ६० वटा बाँस तथा करिब ३ लाख रुपैयाँ बराबरको टाली चोरी भएको घटनाप्रति स्थानीयवासीले गम्भीर चासो व्यक्त गर्दै दोषीमाथि कानुनबमोजिम कारबाहीको माग गरेका छन्।

वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार चोरी भएका बाँसमध्ये ९ वटा बाँस स्थानीय चौठीनारायण यादवको घरबाट बरामद गरिएको छ। साथै, चोरी भएको टाली लोकनारायण यादव, चौठीनारायण यादव र पृथ्वीनारायण यादवको घरमा राखिएको स्थानीयवासीले दाबी गरेका छन्।

घटनापछि स्थानीयले निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी चोरीमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूका अनुसार छठ पर्वको तयारीका लागि संकलन गरिएको सामग्री चोरी हुँदा धार्मिक तथा सामुदायिक कार्यमा समेत असर पर्ने अवस्था सिर्जना भएको छ।

यता, वडा प्रहरी कार्यालय श्रीपुरले घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाइएको तथा दोषी देखिएका व्यक्तिमाथि कानुनअनुसार आवश्यक कारबाही गरिने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?