निजगढमा मिटरब्याज पीडितसँग गृहमन्त्री सुधन गुरुङको भेट, माग सम्बोधनबारे संवाद
२०८३ असार ३०, मंगलवार ११:३६
निजगढ (बारा), ३० असार
जनकपुरधामदेखि काठमाडौंतर्फ ‘पैदल न्याय मार्च’मा निस्किएका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटवार्ता गरेका छन्।

गृहमन्त्री गुरुङ बिहान नै भेट्न आउने जानकारी पाएपछि पीडितहरू निजगढमै रोकिएका थिए। त्यसपछि उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री र मिटरब्याज पीडितबीच माग तथा समस्या समाधानका विषयमा संवाद भइरहेको छ।
मिटरब्याज पीडितका नेता मनोज पासवानका अनुसार छलफलमा पीडितहरूले आफ्ना माग राखेका छन् भने सरकारले समस्या समाधानका उपायबारे छलफल गरिरहेको छ।
मिटरब्याज पीडितहरू आफ्ना मागको सम्बोधनको माग गर्दै जनकपुरधामबाट काठमाडौंसम्म ‘पैदल न्याय मार्च’मा निस्किएका हुन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




