सत्य, निष्पक्ष र विश्वसनीय

सामाजिक सञ्जालमा चरित्रहत्या गरेको आरोपमा वेदिका केसी पक्राउ

न्युज डेस्क
२०८३ श्रावण ७, बिहीबार १७:१८

काठमाडौं, ७ साउन
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको तथा लाञ्छना लगाएको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले केसीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरिएको छ।

प्रहरीका अनुसार केसीले पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमार्फत राधिका दासीमाथि व्यक्तिगत स्तरमा विभिन्न गम्भीर आरोप लगाउँदै आएकी थिइन्। आफूविरुद्ध बिनाप्रमाण चरित्रहत्या गर्न खोजिएको भन्दै राधिका दासीले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

उक्त उजुरीका आधारमा पक्राउ परेकी केसीमाथि विद्युतीय माध्यमबाट गरिएको गतिविधिसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?