सत्य, निष्पक्ष र विश्वसनीय

डाछीमा ईभी माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

न्युज डेस्क
२०८३ श्रावण २८, बिहीबार २३:४७

काठमाडौं, २८ साउन
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ डाछीस्थित बाघधारा नजिक ईभी माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बा.प्र.०१–००२ ज ९५८८ नम्बरको ईभी माइक्रोको ठक्करबाट स्थानीय ७० वर्षीय शंकरप्रसाद कुइँकेल गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले माइक्रो र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको विरोधमा मृतकका आफन्तसहित करिब २०० जना स्थानीय डाछी चोकमा भेला भई सडक अवरुद्ध गरेका छन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?