हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँयो पत्रकार किशोर श्रेष्ठलाई
२०८३ श्रावण २८, बिहीबार १७:५५
काठमाडौं, २८ साउन
बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। यसअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा समेत उपस्थित गराइएको थियो।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। उनलाई वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
श्रेष्ठको रिहाइको माग गर्दै पत्रकारसम्बन्धी विभिन्न संघसंस्थाले प्रदर्शन गरिरहेका छन्। घटनालाई लिएर पत्रकारिता क्षेत्रका संघसंस्थाले अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको अधिकारसँग सम्बन्धित विषयमा चासो व्यक्त गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





