सत्य, निष्पक्ष र विश्वसनीय

पर्सामा लागुऔषध खैरो हेरोइन दुई जना पक्राउ

न्युज डेस्क
२०८३ श्रावण ३१, आईतवार १६:३१

वीरगन्ज, ३१ साउन
पर्सामा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको प्रहरी टोलीले पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ४ ठेगाना भएका २४ वर्षीय सम्पत देवन र पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ ठेगाना भएका २२ वर्षीय समाज शेख रहेका छन्।

उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन ५०.७ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। साथै एक थान मोबाइल र ‘ON TEST’ लेखिएको सामग्री पनि बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगन्जमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?