सत्य, निष्पक्ष र विश्वसनीय

गरिमा चौधरीको न्यायका लागि भरतपुरमा ‘जेन-जी चितवनको विरोध प्रदर्शन

न्युज डेस्क
२०८३ भाद्र ४, बिहीबार १८:४९

चितवन, ४ भदौ
बालिका गरिमा चौधरीमाथि भएको जघन्य बलात्कार तथा हत्याको विरोध गर्दै दोषीलाई कडा कानुनी कारबाहीको मागसहित भरतपुरको चौबीसकोठीमा विरोध प्रदर्शन गरिएको छ।
‘जेन-जी चितवन’को आयोजनामा युवा तथा स्थानीयवासीहरू स्वतःस्फूर्त रूपमा भेला भएर प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले पीडित परिवारलाई तत्काल न्याय सुनिश्चित गर्न र घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कडा सजाय दिन सरकारसँग माग गरेका छन्।
चौबीसकोठी चोकमा भेला भएका युवाहरूले ‘गरिमा चौधरीलाई न्याय देऊ!’ र ‘दोषीलाई कडा कानुनी सजाय देऊ!’ लगायतका नारा लगाउँदै दबाबमूलक प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले यस्ता जघन्य अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
क्याप्सन: गरिमा चौधरीको न्यायको माग गर्दै भरतपुरको चौबीसकोठीमा ‘जेन-जी चितवन’को विरोध प्रदर्शन। प्रदर्शनमा सहभागी युवाहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?