रवि लामिछानेको चीन भ्रमण स्थगित, सांसदहरूको टोली मात्रै जाने
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको छ। अब सांसदहरूको टोली मात्रै चीन जाने तयारीमा रहेको स्रोतले जनाएको छ।
काठमाडौं, ७ भदौ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको छ।
उच्च स्रोतका अनुसार अगस्ट दोस्रो साता हुने भनिएको लामिछानेको चीन भ्रमण यसअघि एक महिना पछि सारिएको थियो। तर सेप्टेम्बर दोस्रो साताका लागि प्रस्तावित भ्रमण पनि नहुने भएको स्रोतले जनाएको छ।
अब चीनमा रास्वपाका सांसदहरूको टोली मात्रै जाने तयारी रहेको बताइएको छ। भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तय भएको थियो।
सरकारी स्रोतका अनुसार लामिछानेले उपयुक्त अर्को मितिमा चीन भ्रमण गर्नेछन्। यद्यपि, त्यसको मिति भने अहिलेसम्म तय भएको छैन।
यसैबीच, रास्वपा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने छिट्टै भारत भ्रमणमा जाने भएका छन्। उनको भारत भ्रमणका क्रममा उच्च तहमा भेटवार्ता हुने बताइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





