सत्य, निष्पक्ष र विश्वसनीय

लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

न्युज डेस्क
२०८३ भाद्र २१, आईतवार १२:०३

वीरगञ्ज २१ भदौ
लायन्स क्लब अफ वीरगञ्ज गेटवेको आयोजनामा वीरगञ्ज–बहुअरीस्थित कुल्लिया उम्मे कुल्सुम लिल्बनात माध्यमिक विद्यालय (मुस्लिम महिला हाईस्कुल) को परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय परिसरलाई हराभरा, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको हो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लायन्स क्लब अफ वीरगञ्ज गेटवेका अध्यक्ष प्रकाश उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लबका एरिया चिफ सुनिल गुप्ताको विशेष उपस्थिति रहेको थियो।

त्यस्तै, कार्यक्रममा विद्यालयका प्रधानाध्यापक साबिर अहमद एराजसहित लायन्स क्लब अफ वीरगञ्ज गेटवेका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका लागि वृक्षारोपणसँगै रोपिएका बिरुवाको संरक्षण र संवर्द्धनमा समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए। विद्यालय परिसरमा गरिएको वृक्षारोपणले विद्यार्थीहरूमा वातावरण संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै विद्यालयको वातावरणलाई थप हराभरा बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?