१८ हजार ३ सय ट्रामाडोल क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ
२०८३ भाद्र २४, बुधबार १७:२८
बारा, २४ भदौ
बारामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल क्याप्सुलसहित एक युवकलाई पक्राउ गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गमा चेकिङका क्रममा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गरिएको थियो।

जाँचका क्रममा बसको हुड र्याकमा राखिएका दुईवटा क्यारी ब्याग फेला परेपछि प्रहरीले चेकजाँच गर्दा Tramadol Hydrochloride Capsules १८ हजार ३ सय पिस बरामद गरेको हो।
प्रहरीले उक्त लागूऔषधसहित पर्साको वीरगञ्ज महानगरपालिका–१६ निवासी अन्दाजी १९ वर्षीय आनन्द चौरसियालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका चौरसियामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





