सत्य, निष्पक्ष र विश्वसनीय

ग्यास उद्योग बन्द गर्नुपर्ने मन्त्री यादवको अभिव्यक्तिपछि विवाद चर्कियो

न्युज डेस्क
२०८३ भाद्र २४, बुधबार २०:३४

काठमाडौं, २४ भदौ
बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रणाली सहज बनाउने विषयमा सरोकारवालाबीच छलफल भइरहेका बेला उद्योगमन्त्री गौरीकुमारी यादवको अभिव्यक्तिले नयाँ विवाद सिर्जना भएको छ।
बुधबार बसेको उद्योग समितिको बैठकमा मन्त्री यादवले ‘सबै ग्यास उद्योग बन्द गर्नुपर्छ, लाइसेन्स खारेज गर्नुपर्छ’ भन्ने धारणा व्यक्त गरेकी हुन्। उनले ग्यास उद्योगीहरूको ‘पाता कस्ने’ तथा उद्योग सञ्चालनका लागि दिइएको अनुमतिपत्र (लाइसेन्स) समेत खारेज गर्न सकिने चेतावनी दिएकी छन्।
मन्त्री यादवको यस्तो अभिव्यक्तिपछि ग्यास उद्योगी तथा व्यवसायीहरू रुष्ट बनेका छन्। बजारमा ग्यासको आपूर्ति, वितरण प्रणाली तथा उद्योगीका समस्याबारे छलफल भइरहेका बेला उद्योग नै बन्द गर्ने र लाइसेन्स खारेज गर्ने अभिव्यक्ति आएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।
एलपी ग्यासको नियमित आपूर्ति र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने विषयमा सरकार र व्यवसायीबीच समन्वय आवश्यक भइरहेका बेला मन्त्रीको उक्त अभिव्यक्तिले विवाद थप चर्काएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?