सत्य, निष्पक्ष र विश्वसनीय

पर्सामा १९ किलो ७ सय ग्राम गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

न्युज डेस्क
२०८३ भाद्र २५, बिहीबार १२:१३

वीरगन्ज, २५ भदौ
पर्सामा प्रहरीले १९ किलो ७ सय ग्राम लागूऔषध गाँजासहित एक ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान पटेर्वासुगौली गाउँपालिका–८ भथौरीस्थित ७० वर्षीय दृष्टि महतोको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकसहित १९ किलो ७ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजासहित महतोलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाको पुष्टि गर्दै बरामद लागूऔषधबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?