सीएमए संघ पर्साको रक्तदान कार्यक्रममा २८ जनाले गरे रक्तदान
वीरगञ्ज, २५ भदौ
नेपाल सीएमए संघको २३औँ वार्षिकोत्सवको अवसरमा नेपाल सीएमए संघ पर्साले वीरगञ्जको घण्टाघरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एक महिलासहित २८ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमा रेनु गुप्ता, डा. हरिकान्त साह, राजेश यादव, आबिद हुसेन, कुन्दन गुप्ता, रेयाज हुसेन, सफुल्लाह अन्सारी, विश्वनाथ साह, अमरलाल साह सोनार र पलट चौधरीलगायत २८ जना रहेका छन्।

कार्यक्रम नेपाल सीएमए संघ पर्साका अध्यक्ष जितेन्द्र महतोको अध्यक्षता तथा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरञ्जन साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल सीएमए संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसाद, नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. निरज सिंह, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वृजकिशोर प्रसाद पटेल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापालगायत संघका पदाधिकारी तथा सदस्य, स्थानीय समाजसेवी, अग्रज, महिला र युवाहरूको सहभागिता थियो।
केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादले रक्तदानले प्रत्यक्ष रूपमा मानिसको ज्यान बचाउन सहयोग गर्ने बताए। स्वास्थ्यकर्मीहरूको संस्था सीएमए संघले रक्तदान, स्वास्थ्य शिविरलगायत सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
संघ पर्साका अध्यक्ष जितेन्द्र महतोले ‘रक्तदान नै जीवनदान’ भएको बताए। संघले प्रत्येक वार्षिकोत्सवमा रक्तदानलगायत सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रममा सहभागी अतिथिहरूले रक्तदान गरी मानव जीवन बचाउन योगदान गर्ने रक्तदाताहरूको प्रशंसा गर्दै आभार व्यक्त गरेका थिए। साथै, उनीहरूले नेपाल सीएमए संघको २३औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?