शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
२०८३ भाद्र २६, शुक्रबार ०४:२१
काठमाडौं, २६ भदौ
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त भएका छन्।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुरका लम्साललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्री पोखरेलका अनुसार बैठकले आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै, महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयसँगै शिक्षक सेवा आयोगले अध्यक्षसहित नयाँ पदाधिकारी पाएको हो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





