सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्ज–१५ मा डोजर चलाएको विषयमा विवाद, अदालतको आदेशअनुसार काम गरेको वडाध्यक्षको दाबी

न्युज डेस्क
२०८३ कार्तिक ९, आईतवार १८:५१
वीरगञ्ज–१५ मा डोजर चलाएको विषयमा विवाद, अदालतको आदेशअनुसार काम गरेको वडाध्यक्षको दाबी वीरगञ्ज–१५ मा डोजर चलाएको विषयमा विवाद, अदालतको आदेशअनुसार काम गरेको वडाध्यक्षको दाबी

वीरगञ्ज, ८ कार्तिक

वीरगञ्ज महानगरपालिका–१५ मा डोजर चलाइएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। वडाध्यक्षले बिना अनुमति डोजर चलाएको आरोप लागिरहेका बेला महानगरपालिकाले भने अदालतको आदेश कार्यान्वयन गर्दै मापदण्डविपरीतको निर्माण कार्य तत्काल रोक्न पत्र जारी गरेको जनाएको छ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले भवन निर्माणसम्बन्धी विवादमा निषेधाज्ञाको आदेश जारी गरेको थियो। अदालतको आदेशअनुसार निवेदकको नाममा दर्ता रहेको कित्ता नं. ३७९ को जग्गालाई असर पर्ने गरी भवन निर्माणसम्बन्धी मापदण्डविपरीत पानी खस्ने पाइप राख्ने, छज्जीसहित थप निर्माण गर्ने तथा अन्य संरचना निर्माण नगर्न भनिएको छ।

रामलखन साह कानुका छोरा पारसप्रसाद साह कानुकी पत्नी देवी कानुले दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले २०८३ असोज १८ गते आदेश दिएको पत्रमा उल्लेख छ। पूर्णपाठ तयार हुन समय लाग्ने भएकाले अदालतबाट भएको आदेश तथा फैसलाको जानकारी उपलब्ध गराइएको पत्रमा जनाइएको छ। यता, वडा नं. १५ का वडाध्यक्षले भने आफूले अदालतको आदेशअनुसार नै काम गरेको दाबी गरेका छन्। डोजर चलाइएको विषयमा उठेका आरोप र वडाध्यक्षको दाबीबीच विवाद देखिएको छ। महानगरपालिकाले जारी गरेको पत्र र अदालतको आदेशलाई आधार मान्दै निर्माणसम्बन्धी काम रोक्न पहल गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?