सत्य, निष्पक्ष र विश्वसनीय

कहिँ नभएकाे जात्रा हाँडीगाउँमा, भ्रममा नपर्नुहाेला

न्युज डेस्क
२०८३ जेष्ठ २५, सोमबार २१:४०

बिरगंज,२५ जेठ
छोरीको नागरिकता बनाउने प्रक्रियासँग सम्बन्धित विषयमा मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि यसबारे राजनीतिक तथा कानुनी बहस चर्किएको छ।
मेयर पक्षले उक्त मुद्दा भ्रष्टाचारका कारण नभई नागरिकता बनाउने प्रक्रियासँग जोडिएको विषय भएको दाबी गरेको छ। मेयर राजेश मान सिंहका अनुसार अख्तियारको अधिकार दुरुपयोग गरेको भन्ने आरोप कानुनी रूपमा स्थापित हुन नसक्ने तर्क गरेका छन ।
उक्त विषयमा यसअघि पर्सा जिल्ला अदालतमा समेत मुद्दा दर्ता भई कानुनी प्रक्रिया अघि बढिसकेको तथा सम्बन्धित व्यक्ति रिहा भइसकेकोले अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही विषयमा पुनः भ्रष्टाचार मुद्दा दर्ता गरेर आफ्नो क्षेत्राधिकार नाघेको र दुःख दिने नियत देखिएको आरोप मेयरपक्षले लगाएको छ।
नागरिकता सम्बन्धी विषयमा अख्तियारको भूमिका अनुसन्धान तथा सिफारिससम्म सीमित हुने दाबी गर्दै यस प्रकरणमा राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाएको छ। साथै, यदि नागरिकता सम्बन्धी अनियमिततामाथि भ्रष्टाचार मुद्दा चलाउने अभ्यास सुरु गरिएको हो भने विदेशी नागरिक वा झुटा विवरण पेश गरी नागरिकता लिएका अन्य व्यक्तिहरूमाथि पनि समान रूपमा कारबाही हुनुपर्ने एयर राजेश मान सिंहले धारणा व्यक्त गरेका छन।
मेयर पक्षले आफूहरू न्यायिक प्रक्रियामा सहभागी हुने र न्यायालयप्रति पूर्ण विश्वास रहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?