सत्य, निष्पक्ष र विश्वसनीय

केपी शर्मा ओलीलाई रास्वपा सदस्य बनाएको विषय संसदमा उठ्यो

न्युज डेस्क
२०८३ जेष्ठ २८, बिहीबार ११:५६

काठमाडौँ , २८ जेठ
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य बनाएर सामाजिक सञ्जालमा छरपस्ट बनाइएको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ ।

एमाले सांसद यशोदा बरालले नेकपा एमालेका अध्यक्षलाई रास्वपाको सदस्य बनाइएको फर्जी पोस्टर सामाजिक सञ्जालमा भाइरल रहेको बताइन् ।

उनले त्यस्तो नक्कली पोस्टर बनाएर भाइरल बनाउनेलाई कारबाहीको दायरामा ल्याउन माग गरिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?