अल्पाईन मा बिमामा भोजपुरी भाषा तथा संस्कृतिसम्बन्धी प्रशिक्षण, ११ सदस्यीय बाल कमिटी गठन
वीरगञ्ज, २२ जेठ
नेपाल भोजपुरी समाजको आयोजनामा वीरगञ्जस्थित अल्पाईन मा बिमामा भोजपुरी भाषा, कला, संस्कृति तथा गीत–संगीतसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका सहसचिव तथा कलाकार अजमत अली अन्सारीले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा सहभागी विद्यार्थीहरूलाई भोजपुरी भाषा, कला, संस्कृति तथा गीत–संगीतको महत्वबारे जानकारी गराइएको थियो।
कार्यक्रममा विद्यालयका संस्थापक तथा प्रधानाध्यापक विनोद कुमार उपाध्यायले भोजपुरी कला र संस्कृतिका विषयमा सुन्दा आफ्नो बाल्यकालका स्मृतिहरू ताजा भएको बताउनुभयो। उहाँले स्थानीय भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।
यसै अवसरमा नेपाल भोजपुरी समाजले अल्पाईन मा बिमामा ११ सदस्यीय नेपाल भोजपुरी बाल समाज गठन गरेको छ। नवगठित बाल कमिटीले बालबालिकामाझ भोजपुरी भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको अध्यक्ष ध्रुवसिंह ठकुरीले जानकारी दिनुभयो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




