सत्य, निष्पक्ष र विश्वसनीय

लिपुलेक र कालापानी नेपालकै भूभाग, सार्वभौम अधिकारमा कुनै सम्झौता हुँदैन : शिशिर खनाल

न्युज डेस्क
२०८३ जेष्ठ २४, आईतवार १७:१०

परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेक र कालापानी ऐतिहासिक रूपमा नेपालकै भूभाग भएको भन्दै नेपालले आफ्नो सार्वभौम अधिकारबाट पछि नहट्ने स्पष्ट सन्देश दिएका छन्।

भारत भ्रमणको अन्तिम दिन नयाँ दिल्लीमा बोल्दै मन्त्री खनालले नेपालको सहमतिबिना कुनै पनि छिमेकी मुलुकले यी क्षेत्रसँग सम्बन्धित स्वतन्त्र निर्णय वा सम्झौता गर्न नसक्ने बताएका हुन्। उनले नेपालले आफ्नो ऐतिहासिक दाबी स्थापित गर्न भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाइसकेको जानकारी पनि दिएका छन्।

खनालले सीमा विवाद समाधानका लागि नेपाल प्रत्यक्ष द्विपक्षीय वार्ताकै पक्षमा रहेको र कुनै पनि अन्तर्राष्ट्रिय मध्यस्थता स्वीकार नगर्ने स्पष्ट पारे। उनका अनुसार नेपालले तथ्य र प्रमाणका आधारमा आफ्नो दाबी प्रस्तुत गर्ने नीति अवलम्बन गरिरहेको छ।

यसै क्रममा उनले Sugauli Treaty सम्बन्धी प्रमाण खोज्न बेलायतका अभिलेखहरू अध्ययन भइरहेको जानकारी दिँदै ऐतिहासिक दस्तावेजका आधारमा छलफल अघि बढाइने बताए।

मन्त्री खनालले EPG प्रतिवेदन, अग्निपथ भर्ती योजना लगायतका बाँकी विषयहरूलाई पनि संवादमार्फत टुंग्याउने प्रयास भइरहेको उल्लेख गर्दै नेपाललाई भारत र चीनबीचको सेतु (Bridge Nation) बनाउने दीर्घकालीन दृष्टिकोण रहेको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?