सत्य, निष्पक्ष र विश्वसनीय

लालपुर्जा र नागरिकता माग्दै सुस्तावासी माइतीघरमा

न्युज डेस्क
२०८३ असार १६, मंगलवार १७:०९

काठमाडौं, १६ असार
नवलपरासीको सुस्ता क्षेत्रका पीडित बासिन्दाले आफ्ना विभिन्न मागसहित आज काठमाडौंमा र्‍याली तथा प्रदर्शन गर्ने भएका छन् ।

‘सुस्ता बचाउ अभियान’अन्तर्गत आयोजना गरिएको प्रदर्शनमा भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग अघि सारिएको छ ।

गौशालाबाट सुरु हुने र्‍याली बत्तीसपुतली, मैतीदेवी, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर सभामा परिणत हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?