सत्य, निष्पक्ष र विश्वसनीय

गगन थापाको निवासको गेटमै गाडी छाडेर चालक प्रहरीको गाडीमा गएको दाबी

न्युज डेस्क
२०८३ असार २९, सोमबार २०:२२

काठमाडौं , २९ असार
नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निजी निवासअगाडि पनि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको भेटिएको छ। स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको उक्त गाडी सोमबार बिहान करिब ७ बजेदेखि निवासको प्रवेशद्वार नजिकै राखिएको छ। गाडी पार्किङ गरिएको स्थानका कारण मोटरसाइकलसमेत सहज रूपमा आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

प्रत्यक्षदर्शीहरूले गाडी पार्किङ गरेपछि चालक नेपाल प्रहरीको सवारी चढेर त्यहाँबाट गएको दाबी गरेका छन्। यद्यपि, उक्त दाबीबारे नेपाल प्रहरीले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?