सत्य, निष्पक्ष र विश्वसनीय

रौतहटमा रगतले लतपत भएको शंकास्पद बोरा फेला

न्युज डेस्क
२०८३ श्रावण ४, सोमबार १४:१९

रौतहट, ४ साउन
रौतहटको सदरमुकाम गौरबाट पुरेनवातर्फ जाने सडकखण्डअन्तर्गत हनुमान मन्दिर नजिक सोमबार रगतले लतपत भएको शंकास्पद बोरा फेला परेको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा घेरा कायम गर्दै अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार बोराभित्र के रहेको भन्ने विषय तत्काल खुल्न सकेको छैन। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बोरा खोल्ने र त्यसमा रहेको वस्तुबारे विस्तृत अनुसन्धान गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनाको प्रकृति, कारण तथा बोराभित्र रहेको सामग्रीबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यस घटनाबारे थप विवरण आउन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?