सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा ‘चुडी जब खनखन करे लागेला’ विमोचन

न्युज डेस्क
२०८३ श्रावण ४, सोमबार २१:२४

चर्चित गायिका कल्पना पटवारी र वीरगञ्जका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सार्वजनिक। सैनिक परिवारको भावनात्मक कथामा आधारित गीतको सोमबार वीरगञ्जमा विशेष समारोहबीच औपचारिक विमोचन गरिएको हो।

वीरगञ्ज, ४ साउन
चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगञ्जका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार सार्वजनिक गरिएको छ।

वीपीसी कलेजको सभाहलमा आयोजित विशेष कार्यक्रममा गीतको औपचारिक विमोचन गरिएको हो। कार्यक्रममा भोजपुरी प्रतिष्ठानकी अध्यक्ष तथा कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक अनिता साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रम लेखक तथा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो।

गीतका गायक तथा मुख्य कलाकार चन्दन प्रजापतिले देशको सुरक्षामा खटिने सैनिकको पारिवारिक जीवन, उनीहरूको त्याग, प्रतीक्षा र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर गीत तयार गरिएको जानकारी दिए। उनले चर्चित गायिका कल्पना पटवारीको सशक्त स्वरले गीतलाई थप आकर्षक र प्रभावशाली बनाएको बताए।

कार्यक्रममा उपस्थित अतिथिहरूले भोजपुरी भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनात्मक प्रयासले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। गीत सार्वजनिक भएसँगै यसले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?