काठमाडौंमा एक युवतीले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन
काठमाडौं , ५ साउन
काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई हाल बौद्ध बस्दै आएकी २७ वर्षीया सालु गुरुङले मंगलबार राति करिब २:५० बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
घटनापछि घाइते गुरुङलाई उनका श्रीमानले तत्काल शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ।
बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार गुरुङको शरीरको करिब २५ देखि ३० प्रतिशत भाग जलेको छ। हाल उनलाई आइसीयुमा राखेर उपचार भइरहेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घरायसी विवादपछि उनले आत्मदाह प्रयास गरेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





