सत्य, निष्पक्ष र विश्वसनीय

काठमाडौंमा घरको चौथो तलाबाट हाम फालेर कपडा व्यवसायी अग्रवालले गरे आत्महत्या

न्युज डेस्क
२०८३ श्रावण ५, मंगलवार १७:०३

काठमाडौं, ५ साउन
काठमाडौंमा कपडाको थोक व्यापारी नवीन अग्रवालले आफ्नै घरको चार तला माथिबाट हामफालेर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार बेलुकी उनले कामपा- ७, बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरपछाडि रहेको आफ्नै घरको बार्दलीबाट हामफालेका थिए ।

उनी कुमारीगाल बस्दै आएका थिए । हामफालेपछि उपचारका लागि उनलाई स्तुपा अस्पताल बौद्ध लगिएको थियो । तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।

उनको कोठामा विष फेला परेको प्रहरीले जनाएको छ । विष सेवन गरेर हामफालेको हुन सक्ने प्रहरीले जनाएको छ ।

अग्रवालले भारतबाट कपडा आयात गरी काठमाडौंमा बिक्री गर्थे । उनको पसल बौद्धमा थियो ।

पारिवारिकस्रोतका अनुसार पछिल्लो समय व्यापारमा मन्दी आएपछि आर्थिक तनावमा थिए । उनी उच्चरक्तचाप, मधुमेह र डिप्रेसनका औषधि सेवन गर्थे ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?