सत्य, निष्पक्ष र विश्वसनीय

चोभार गेटमा ३ वटा सवारी दुर्घटना, १० जना घाइते

न्युज डेस्क
२०८३ श्रावण ५, मंगलवार १७:२७

काठमाडौं, ५ साउन
काठमाडौंको कीर्तिपुरस्थित चोभार गेटमा बस, पानी ट्यांकर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन् ।
घाइतेमध्ये ९ जनाको नजिककै स्वास्थ्य संस्था र १ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि पानी ट्यांकर सडकमै पल्टिएकाले दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको छ। दुर्घटनामा संलग्न बस सुन्धारातर्फ जाँदै गरेको बताइएको छ।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?