सत्य, निष्पक्ष र विश्वसनीय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

न्युज डेस्क
२०८३ श्रावण ५, मंगलवार १५:०७

रवानीपुर चोकनजिक ईभी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

वीरगञ्ज, ५ साउन
पर्साको परवानीपुर चोकबाट करिब १०० मिटर अगाडि ईभी (विद्युतीय) गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकको अवस्था गम्भीर रहेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?