सत्य, निष्पक्ष र विश्वसनीय

नयाँ बसपार्कको गेस्ट हाउसमा निशा सुनारको शव

न्युज डेस्क
२०८३ श्रावण ४, सोमबार १४:५९

काठमाडौं , ४ साउन
काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् ।

नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी निशा सुनार मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?