सत्य, निष्पक्ष र विश्वसनीय

धुलिखेलको रिसोर्टमा स्वीमिङ पुलमा करेन्ट लाग्दा युवकको मृत्यु

न्युज डेस्क
२०८३ श्रावण ९, शनिबार १६:३८

धुलिखेल, ९ साउन
काभ्रेको सदरमुकाम धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा स्वीमिङ पुलमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार बेलुकी पौडी खेलिरहेका काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी २९ वर्षीय डेनिस प्रधान मृत अवस्थामा फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानअनुसार स्वीमिङ पुलमा करेन्ट सट भएपछि उक्त घटना भएको बताइएको छ।

घटनापछि मृतकका आफन्तले रिसोर्ट व्यवस्थापनको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्। घटनाबारे पीडित पक्ष र रिसोर्ट व्यवस्थापनबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?