पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
२०८३ श्रावण २६, मंगलवार ०८:२९
वीरगञ्ज, २६ साउन
पर्साको पटेर्वा सुगौली गाउँपालिका–३, सोनबर्साबाट प्रहरीले १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
मंगलबार राति करिब ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहार राज्य, बेतिया जिल्ला, उजहरुपरजिलवा भागा श्रीनगर–३ निवासी अन्दाजी ५० वर्षीय सउरु चौधरीलाई गाँजासहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार चौधरीको साथबाट १०५ किलो गाँजा बरामद गरिएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीमाथि लागुऔषधसम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





