सत्य, निष्पक्ष र विश्वसनीय

भर्‍याङबाट लडेर १८ महिने बालकको मृत्यु

न्युज डेस्क
२०८३ श्रावण २६, मंगलवार १०:१५

सर्लाही, २६ साउन
सर्लाहीमा घरको भर्‍याङबाट लडेर १८ महिने बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कबिलासी नगरपालिका–४ हेम्पुर निवासी धिरेन्द्र रायका १८ महिने छोरा गोपिचन राय घरको भर्‍याङबाट लडेर गम्भीर घाइते भएका थिए।
आइतबार साँझ करिब ५ बजे आफ्नै दुईतले काठको घरको भर्‍याङबाट तल झर्ने क्रममा बालक भर्‍याङमुनि रहेको नालीमा लडेका थिए। लडेर घाइते भएका उनलाई तत्काल उपचारका लागि श्रीराम अस्पताल, मलंगवा लगिएको थियो।
उपचारका क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?