सत्य, निष्पक्ष र विश्वसनीय

छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

न्युज डेस्क
२०८३ मंसिर १, सोमबार ०८:४३

सुनसरी, ३० कात्तिक 

सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गत कात्तिक २९ गते राति करिब ११ः३० बजे हरिनगर गाउँपालिका–६ स्थित टपरास्थित अर्नमा घाटमा भक्तजनहरूले छठ पूजा सम्पन्न गरी घर फर्किएपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए।

घटनाको अनुसन्धान गर्ने क्रममा तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

यसैबीच, क्षति पुगेको छठ पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ। साथै श्रद्धालु भक्तजनहरूलाई पुनर्निर्माण गरिएको पूजास्थलमा निर्धक्क भएर पूजाआजामा सहभागी हुन प्रहरीले आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?