सत्य, निष्पक्ष र विश्वसनीय

भिमफेदी कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी हेटौँडाबाट पक्राउ

न्युज डेस्क
२०८३ मंसिर ६, शनिबार १३:०७

हेटौँडा, ५ मंसिर
मकवानपुरको भिमफेदी कारागारबाट जेन्जी आन्दोलनका क्रममा फरार भएका लागुऔषध मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी २३ वर्षीय हर्षित राज मुक्तान रहेका छन्।

मुक्तानलाई हिजो दिउँसो करिब २ बजे हेटौँडा उपमहानगरपालिका–२ पिपलबोटस्थित सडकमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनी लागुऔषध (खैरो हेरोइन) मुद्दामा दोषी ठहर भई ११ वर्ष कैद र ८० हजार रुपैयाँ जरिबाना सजाय तोकिएका प्रतिवादी हुन्।

जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएका मुक्तानलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?