सत्य, निष्पक्ष र विश्वसनीय

मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

न्युज डेस्क
२०८३ मंसिर ६, शनिबार १६:०७

संविधानको धारा १६८ (३) अनुसार सरोजकुमार यादव बने मुख्यमन्त्री

जनकपुर, ५ मंसिर
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शनिबार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी नपरेपछि प्रदेश प्रमुख कर्णले कानुनी परामर्श गरेर प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएका यादवले अबको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। उनले विश्वासको मत प्राप्त गर्न नसकेमा सरकारको भविष्य थप अनिश्चित बन्नेछ।

यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्री बनिसकेका नेता हुन्। उनी आफ्नो पहिलो कार्यकालमा मधेश प्रदेशसभाको सभामुखसमेत रहेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?