गौरको होटलमा युवतीमाथि सामूहिक जबरजस्ती करणीको आरोप, एक नेपालीसहित पाँच जना पक्राउ
वीरगञ्ज, २३ असार
रौतहटको सदरमुकाम गौरस्थित एक होटलमा २१ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा एक नेपालीसहित पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार असार २१ गते दिउँसो करिब १ बजे गौरस्थित सुस्मा प्यालेस होटलमा युवतीमाथि जबरजस्ती करणी भएको भन्ने उजुरीपछि पाँच जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा गौर नगरपालिका–२ निवासी २५ वर्षीय सन्तोष राउत तथा भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाका मोहम्मद ताजुदिन (३३), जितेन्द्र कुमार (३७), हसनैन आलम (३८) र आलोक कुमार (३४) रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमाथि जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




