म्याग्नस फार्मालाई एनवाईईएफ वीरगञ्जद्वारा सम्मान, सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता
वीरगञ्ज, २६ असार
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज च्याप्टरले आफ्नो स्मारिका (Souvenir) प्रकाशनमा पूर्ण पृष्ठको विज्ञापनमार्फत सहयोग गरेकोमा म्याग्नस फार्माप्रति आभार व्यक्त गर्दै कम्पनीलाई सम्मान गरेको छ।
एनवाईईएफ वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंहले म्याग्नस फार्माको कार्यालयमा पुगेर कम्पनीका प्रतिनिधिहरूसँग औपचारिक भेटवार्ता गरेका थिए। सो अवसरमा अध्यक्ष सिंहले च्याप्टरको तर्फबाट प्रकाशित स्मारिका हस्तान्तरण गर्नुका साथै मायाको चिनो प्रदान गर्दै संस्थाले पुर्याएको महत्वपूर्ण योगदानको प्रशंसा गरे।
अध्यक्ष सिंहले निजी क्षेत्रको सक्रिय सहयोगले उद्यमशीलता प्रवर्द्धन, संस्थागत विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा म्याग्नस फार्माले उपलब्ध गराएको सहयोगले स्मारिका प्रकाशनलाई सफल बनाउन उल्लेखनीय योगदान पुगेको भन्दै एनवाईईएफ वीरगञ्ज च्याप्टरले कम्पनीप्रति कृतज्ञता व्यक्त गरेको थियो।
भेटका क्रममा दुवै पक्षले यो सम्बन्ध केवल धन्यवाद आदानप्रदानमा सीमित नरही आपसी विश्वास, सहकार्य र साझा उद्देश्यमा आधारित दीर्घकालीन साझेदारीको सुरुआत भएको विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा उद्यमशीलता विकास, युवा सशक्तीकरण तथा समुदायको समग्र विकासका लागि संयुक्त रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
“Lead, Localize & Lift Nepal” भन्ने मूल नारालाई आत्मसात् गर्दै एनवाईईएफ वीरगञ्ज च्याप्टरले स्थानीय उद्यमीलाई प्रोत्साहन, नवप्रवर्तनको प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत आर्थिक र सामाजिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




