नारायणगढ-मुग्लिन सडक अवरुद्ध
२०८३ असार २९, सोमबार २०:४३
काठमाडौं , २९ असार
निरन्तर भइरहेको वर्षाका कारण जोखिम बढेपछि नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी साधनको आवागमन अस्थायी रूपमा रोकिएको छ।
सम्भावित पहिरो तथा अन्य जोखिमलाई मध्यनजर गर्दै केही समयका लागि उक्त सडकखण्डमा चल्ने सबै सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ।
यसैबीच सोमबार साँझ ७ः२५ बजे नारायणघाट–मुग्लिङ सडकखण्डअन्तर्गत तुइन खोला नजिक पहिरो खसेपछि सडक दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी साधन रोकिएका छन्। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।
प्रहरीले यात्रु तथा चालकलाई सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म अनावश्यक यात्रा नगर्न तथा सुरक्षा निकायको सूचनाको पालना गर्न अनुरोध गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




