सत्य, निष्पक्ष र विश्वसनीय

सुस्मिता देवी ५ ए साइड नकआउट फुटसल प्रतियोगिता सम्पन्न, लालीगुराँस क्लब च्याम्पियन

न्युज डेस्क
२०८३ श्रावण ९, शनिबार १८:२९

वीरगञ्ज, ९ साउन
वीरगञ्ज वडा नम्बर १६ नगवास्थित फुटसल मैदानमा आयोजित “सुस्मिता देवी ५ ए साइड नकआउट फुटसल प्रतियोगिता” शनिबार भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन वरिष्ठ समाजसेवी प्रकाश उपाध्याय ले गरेका थिए।

वीरगञ्ज युथ एकेडेमी, लालीगुराँस क्लब, CYC, 16 Boys, एफसी सिमरा, हाम्रो एफसी ‘ए’, हाम्रो एफसी ‘बी’, आरम्भ एफसी, बैंकर्स एफसी, सिमरा ब्वाइज तथा ज्ञान्दा एकेडेमीलगायत विभिन्न टोलीहरूको सहभागिता रहेको प्रतियोगिता अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लालीगुराँस क्लब च्याम्पियन बन्न सफल भयो भने एफसी सिमरा उपविजेतामा सीमित रह्यो।

व्यक्तिगत विधातर्फ लालीगुराँस क्लबका विवस श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए। त्यसैगरी सिसास थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी (Player of the Tournament) घोषित हुँदा सुजल डंगोल सर्वाधिक गोलकर्ता (Highest Goal Scorer) बने।

समापन समारोहका प्रमुख अतिथि वरिष्ठ समाजसेवी प्रकाश उपाध्याय, फुटबल प्रशिक्षक ऋतु शाक्य तथा दिपेन्द्र ताम्राकार ले विजेता तथा उपविजेता टोलीलाई शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रमको अवलोकन गर्न विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत तथा वीरगञ्ज महानगरपालिका–१६ का वडा अध्यक्ष परशुराम चौरसिया लगायतको गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन समाजसेवी सुभाष सिंह ले गरेका थिए। आयोजकका अनुसार युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउने, अनुशासन, आपसी सद्भाव तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?