सत्य, निष्पक्ष र विश्वसनीय

सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु, अवस्था तनावग्रस्त

न्युज डेस्क
२०८३ श्रावण १४, बिहीबार १६:२९

सिरहा, १४ साउन
सिरहाको गोलबजारमा कर्फ्यू आदेश जारी रहेकै बेला दुई पक्षबीच भएको झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) चेतराज बरालका अनुसार गोली लागेर मृत्यु हुने व्यक्ति गणेश यादव रहेका छन्। घटनापछि गोलबजार क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

स्थिति नियन्त्रणमा लिन प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने नेपाली सेनासमेत परिचालन गरिएको छ। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ र थप अप्रिय घटना हुन नदिन सुरक्षा निकाय उच्च सतर्कतामा रहेको जनाएको छ।

घटनाको कारण र गोली चल्नुको अवस्थाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?