सिरहामा प्रहरी गोली प्रहार
२०८३ श्रावण १४, बिहीबार २१:५३
सिरहा, १४ साउन
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी हवल्दार नारद परियार गोली लागेर घाइते भएका छन्।
प्रारम्भिक जानकारीअनुसार परियारको दाहिने तिघ्रामा गोली लागेको छ। घटनालगत्तै उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीमाथि गोली कसले र किन चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





