नौतनका वडा अध्यक्ष छोटेलाल साहमाथि स्थानीय युवाहरूले कुटपिट गरेको घटना सार्वजनिक
बारा, १९ साउन
प्राप्त जानकारीअनुसार, स्थानीय केही युवाहरूले वडा अध्यक्ष साहसँग वडामा भएका भनिएका विकास निर्माण तथा बजेट विनियोजनसम्बन्धी विषयमा प्रश्न तथा छलफल गर्न खोजेका थिए। सोही क्रममा विवाद उत्पन्न भएपछि वडा अध्यक्ष साहमाथि हातपात भएको बताइएको छ।
स्थानीयका अनुसार वडामा बजेट हिनामिना तथा अनियमितता भएको भन्दै यसअघि पनि गुनासो उठ्दै आएको थियो। छलफलका क्रममा भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको र त्यसपछि युवाहरूले वडा अध्यक्षमाथि कुटपिट गरेको बताइएको छ।
घटनापछि वडा अध्यक्ष साहलाई उपचारका लागि तराई हस्पिटल, वीरगञ्ज लगिएको जानकारी प्राप्त भएको छ।
घटनाबारे प्रहरी प्रशासनबाट थप अनुसन्धान भइरहेको बताइएको छ। कुटपिटको वास्तविक कारण, घटनाक्रम तथा आरोपहरूबारे सम्बन्धित पक्षको आधिकारिक धारणा आउन बाँकी रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





