गरिमा चौधरी घटनामा प्रचण्डको माग : निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गरियोस्
२०८३ भाद्र ६, शनिबार १३:०५
काठमाडौं, ६ भदौ
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गहिरो दुःख र आक्रोश व्यक्त गर्दै न्यायका लागि भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।

दाहालले दोषीलाई कुनै दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति दिन नहुने बताएका छन्। उनले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
गरिमाका लागि देशभर उठेको न्यायको आवाजप्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्दै दाहालले बालिकाहरूले सुरक्षित र भयमुक्त वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको बताएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





