सत्य, निष्पक्ष र विश्वसनीय

बाराकी गरिमाको न्यायका लागि गृहमन्त्री गुरुङको अपिल

न्युज डेस्क
२०८३ भाद्र ६, शनिबार १३:११

काठमाडौं, ६ भदौ
गृहमन्त्री सुधन गुरुङले बाराकी तीन वर्षीया गरिमा चौधरीलाई न्याय दिलाउन सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले अहिलेको पहिलो प्राथमिकता एउटै हुनुपर्ने भन्दै “गरिमालाई न्याय” आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले न्यायका लागि घटनासँग सम्बन्धित प्रमाण सुरक्षित हुनुपर्ने र अनुसन्धान निष्पक्ष तथा वैज्ञानिक ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्। यसका लागि गृह प्रशासन निरन्तर प्रयासरत रहेको उनको दाबी छ।
गृहमन्त्री गुरुङले संवेदनशील घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन सबै पक्षले संयमता अपनाउँदै अनुसन्धान प्रक्रियालाई सहयोग गर्नुपर्ने संकेत गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?